यी हुन् कोरोना संक्रमणमुक्त बनेका नेपालका ७ जिल्ला « Khabarhub

यी हुन् कोरोना संक्रमणमुक्त बनेका नेपालका ७ जिल्ला


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७७ जिल्ला मध्ये ७ जिल्ला कोरोना संक्रमणमुक्त बनेको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ७ जिल्लामा सबै कोरोना संक्रमितहरु निको भएको जानकारी दिएका हुन् ।

हालसम्म कोरोना संक्रमित शून्य हुने जिल्लाहरुमा मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु, भोजपुर र ताप्लेजुङ रहेका छन् ।

नेपालमा बुधबार थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा  कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : २६ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्