काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित भदौ २४ सम्म थप ( विस्तृतमा ) « Khabarhub

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित भदौ २४ सम्म थप ( विस्तृतमा )


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित एक साता थपिएको छ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि जारी निषेधाज्ञा केही परिमार्जनसहित भदौ २४ गतेसम्मका लागि थपेका हुन् ।

दुई हप्तादेखिको निषेधाज्ञापछि आममानिसहरूले अवज्ञा गर्ने क्रमसमेत शुरू भएपछि प्रशासनले केही सहज बनाउँदै निषेधाज्ञा थपेको हो ।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन दबाब दिइरहेका बेला केही खुकुलो गरेर फेरि निषेधाज्ञा बढाइएको हो ।

अत्यावश्यक सेवा अन्तर्गतको औषधि पसल तथा विक्री वितरणलाई यथावत रूपमै सञ्चालन गर्न दिइने भएको छ ।

यस्तै अत्यावश्यक खाद्य वस्तु सेवाहरू तरकारी, फलफुल, माछामासु, दुध, दूधजन्य पदार्थ बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि यस्ता पसलहरू बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइएको थियो ।

निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।

हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा लगाइएको थियो ।

अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ ।

यस्तै विकास निर्माणसँग सम्बन्धित पसल व्यवसाय र ढुवानीका साधन दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न दिइने लगायतका निर्णय भएका छन् । तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।

यस्ता छन् गर्न पाइने र नपाइने कामहरूको सूची

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ५४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष