रिघाका घरघरमा खानेपानी | Khabarhub Khabarhub

रिघाका घरघरमा खानेपानी


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट ‘एक घर, एक धारा’को आयोजना परेपछि घरघरमा धारा निर्माण गरिएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ बाट सञ्चालित सो आयोजना दुई वर्षमा सक्ने गरी अघि बढाइएको थियो । तीव्ररुपमा काम अघि बढाएको समयमा विश्वव्यापीरुपमा कोरानो भाइरसको महामारीले गर्दा केही काम सम्पन्न गर्न बाँकी छ ।

कूल रु.३ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको आयोजनामा हालसम्म झण्डै रु.१ करोड रकम भुक्तानी भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराले जनाएको छ ।

पाँच हजारदेखि २५ हजार घन लिटरसम्मका ११ वटा रिजर्भ ट्याङ्कीमा कूल १ लाख १५ हजार घनलिटर पानी अट्ने क्षमता छ ।

गाउँमा सञ्चालित झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी आयोजनाबाट रिघाका १६० घरधुरी लाभान्वित भएका हुन् । साबिक रिघा गाविसको वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयवासी एवम् एउटा विद्यालयका लागिसमेत गरी विभिन्न क्षेत्रमा ११ वटा ट्याङकी निर्माणाधिन अवस्थामा छन् । हालसम्म चार वटा ट्याङ्कीबाट खानेपानी वितरण गरिसकिएको छ भने ७ वटा ट्याङ्कीको काम बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

यहाँ पहिले एउटै टोलका दशदेखि ३० वटा घरधुरीले एउटै धारामा पानी खादै आएकोमा अहिले एक घर, एक धारा निर्माण गरी घर घरमै खानेपानी पुर्‍याइएको छ । सुख्यायामका बेलामा खानेपानीको मुल सुक्दा सार्वजनिक धारामा एक गाग्री पानी भर्न सास्ती हुने गरेको तर अहिले खानेपानीको व्यवस्थापन भएपछी घरमै पानी भर्न पाउँदा गलकोट नगरपालिका–११ रिघा मजुवाकी भिमा घर्तीले खुसी व्यक्त गरे ।

अहिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरेपछि सुख्यायाममा स्रोत सुक्दा खानेपानीको जोहो गर्न मुस्किल हुँदै आएकोमा अब यो समस्याको समाधान भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत जनश्रमदानमा निर्माण गर्न लागिएको आयोजनाको पाइप लाइन विस्तार, ट्याङ्की निर्माण र धारा जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

मजुवाका स्थानीयवासी तथा उपभोक्ता समितिका सदस्य दिलबहादुर थापाले खानेपानीको समस्याबाट सदाका लागि मुक्त भएको बताए ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा तोकिएको समयभित्र खानेपानी निर्माण कार्य सम्पन्न गर्न नसकेपनि अहिले निर्माण सम्पन्नको अवस्थामा पुगेको झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम नेपालीले बताए । लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्टौ कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी भने घरघरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : १७ बजे

मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

एजेन्सी– संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

गाईघाट– उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक

प्रकृति र संस्कृतिको संगम बाँकेको ‘गाभर भ्याली होमस्टे’ 

बाँके– बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे)

काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट : ९ जनाको मृत्यु, ३१ घाइते

एजेन्सी– भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति