अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्वारेन्टिनमा « Khabarhub

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्वारेन्टिनमा


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन् ।

ट्रम्पका सहयोगी होम हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेको सीएनएनले बताएका छन् ।

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

ट्रम्पले बिहिबार राति ट्वीटमा लेखे, ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन् । उनलाई हालै कोरोनाको संक्रमण देखिएको छ । भयानक ! फर्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं । अहिलेको अवस्थामा हामी क्वारेन्टिन प्रक्रिया सुरु गर्छौं !’

ट्रम्पले हिक्ससँग थुप्रै पटक यात्रा गरेका छन् । मंगलबार मात्रै ट्रम्पले हिक्ससँग क्लिभल्याण्डमा आयोजित डिबेटमा सहभागि भएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ३१ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक