धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा « Khabarhub

धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी धनगढीमा बिहीबारबाट मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले दशैँ तिहारलगायतका पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए ।

सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजरलगायतका सामग्री बिक्री गरिने नायब महाप्रबन्धक पाण्डेले बताए । “पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरेका छौँ”, उनले भने, बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा रु १० र नुन प्रतिकिलोमा रु दुई छुट गरिएको छ ।”

त्यसैगरी साबुन एउटाको रु पाँच र स्यानिटाइजरमा रु १० छुट गरिएको बताइएको छ । सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रतिव्यक्ति चार किलोसम्म खरिद गर्न पाइने व्यवस्था रहेको छ । चामल भने खाद्य संस्थानले राख्ने भनिएको छ ।

“साल्ट ट्रेडिङको अहिले सबै कारोवार अनलाइन विलिङ सिस्टम छ तर पहाडी क्षेत्रमा उक्त सिस्टम नभएकाले अहिले खोल्न सकिने अवस्था छैन”, नायब महाप्रबन्धक पाण्डेले भने, “विगतमा जबसम्म अनलाइन विलिङ सिस्टम थिएन त्यो बेलामा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दीपायललगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो र अहिले अनलाइन बिलिङ भएपछि अन्य स्थानमा रोकिएको छ ।”

स्थानीय निकायले साल्ट ट्रेडिङसँग समन्वय गरेर सुपथ मूल्य पसल राख्न चाहेमा कर्पोरेसन सामान उपलब्ध गराउन तयार रहेको पाण्डेको भनाइ थियो ।

यस पटक सुपथ मुख्य पसलमा कुनै उत्पादनकर्ताले आफ्नो सामान बिक्री गर्न चाहेमा उक्त वस्तु साल्ट ट्रेडिङले खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सकिने थप व्यवस्था मिलाइएको कर्पोरेसन क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : २५ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित