सम्झना हत्या प्रकरण : बलात्कारपछि त्रिशूलले रोपेर हत्या « Khabarhub

सम्झना हत्या प्रकरण : बलात्कारपछि त्रिशूलले रोपेर हत्या


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ वर्षीया सम्झना विकको बलात्कार पछि हत्या भयो ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सम्झनाको पहिले बलात्कार र त्यपछि मन्दिर भित्र रहेको त्रिशूलले रोपेर हत्या गरेको निष्कर्ष निकालेको छ ।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय १८ वर्षीय किशोर राजेन्द्र बोहोराको बयान र अन्य प्रमाणका आधारमा सम्झनाको बलात्कार पछि त्रिशूलले रोपेर विभत्स हत्या भएको निष्कर्ष निकालेको हो ।

अहिले राजेन्द्रमाथि जबरजस्ती करणी र ज्यान मुद्दा दर्ता भइसकेको छ । घटना लगत्तै अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले भने, ‘हामीले घटनाको जानकारी पाएलगत्तै सुक्ष्म अनुसन्धान गर्‍यौं र घटनाको दोषीलाई तत्काल पक्राउ गर्न सफल भयौं । अनुसन्धानका क्रममा पक्राउ परेका अभियुक्तले पहिले बलात्कार र त्यसपछि ढुंगा प्रहार र त्रिशूलले रोपेर हत्या गरेको स्वीकारेका छन् ।’

डीएसपी खड्काका अनुसार प्रहरीले घटनास्थलबाट त्रिशूल समेत बरामद् गरेको थियो । राजेन्द्र यसअघि पनि बलात्कार, चोरीलगायत आपराधिक घटनामा मुछिइसकेका व्यक्ति हुन् ।

कसरी भएको थियो घटना ?

असोज ७ गते बुधबार दिउँसो करिब १२ बजे बझाङको मस्टा गाउँपालिका–२ की सम्झना विकले परिवारसँगै बसेर खाना खाएकी थिइन् । खाना खाएपछि सम्झना घरभन्दा करिब आधा घण्टाको पैदल दूरीको गोठमा वस्तुभाउलाई घाँसपानी गर्ने भन्दै गएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी खड्काका अनुसार उनी गोठ नपुग्दै बीच बाटोमै अपहरणमा परिन् ।

डीएसपी खड्काले भने, ‘अपहरण लगत्तै उनलाई नजिकैको मन्दिरमा लगेर बलात्कार गरियो । बलात्कार पछि उनीमाथि ढुंगा प्रहार र त्रिशूलले रोपेर विभत्स हत्या गरियो ।’

सम्झनाको धारिलो हतियारले टाउको र शरीरमा काटेर हत्या गरेको अवस्थामा मन्दिरभित्र शव फेला परेको थियो । प्रहरीले सम्झनाले घरबाट लगेको डोको नाम्लो र हँसिया सिमदेवताको मन्दिर नजिकै फेला पारेको थियो ।

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झनाको घटना घटेको आठ दिनपछि दाहसंस्कार गरिएको छ । प्रहरीले राजेन्द्र बोहरालाई आरोपीका रुपमा सार्वजनिक गरेपछि बल्ल जिल्ला अस्पतालमा राखिएको बालिकाको शव आफन्तले बुझेका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १ : ३७ बजे

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कानुन व्यवसायीसँग परामर्श गर्दै कांग्रेस नेताहरू

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा