रिडी–रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध « Khabarhub

रिडी–रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ ।

यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो ।

यसबाट जिल्लाको रिडीबाट सत्यवती, कालीगण्डकी, चन्द्रकोट गाउँपालिका हुँदै वाग्लुङसम्म जाने सवारी तथा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

पटकपटक सडक खुलाउने प्रयास गर्दा पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि अझैसम्म पनि चलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय,का सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए ।

कालीगण्डकी करिडोर गौँडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना, पाल्पाका योजना प्रमुख नरेन्द्र सुवेदीले आफूले उक्त सडकको अनुगमन गरिसकेकाले पहिरो नरोकिएसम्म सडक खुलाउन नसकिने जानकारी दिए ।

सडक खुलाउनका लागि दुई यन्त्र तयारी अवस्थामा राखिएका छन् । पहिरो झर्ने क्रम रोकिएसँगै सडक खुल्ने उहाँको भनाइ छ । उक्त सडकको विकल्पमा तम्घास–इन्द्रेगौँडा सडक प्रयोग गर्न उनले आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सडक खुलाउन पहल भइरहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ३ : १२ बजे

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको