मृत्युको २ दिनपछि कोरोना पुष्टि « Khabarhub

मृत्युको २ दिनपछि कोरोना पुष्टि


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको महाभारत गाउँपालिका-२ कुपिन्टारका २८ वर्षीय एक पुरुषमा मृत्युको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ।

ती पुरुषको बुधबार बिहान नै मृत्यु भएको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि खानीखोला गाउँपालिका-३ स्थित एक मेडिकलमा उपचाररत उनलाई असोज १४ गते कैलाश एयरको हेलिकोप्टरमार्फत् धुलिखेल समुदायिक अस्पताल पुर्‍याइएकोमा उपचार गर्न नपाउँदै मृत्युको भएको थियो।

उनका परिवारका सदस्यमा यसअघि कोरोना संक्रमण थिएन। मृतक पनि गाउँमा नै बस्‍दै आएका थिए। धुलिखेल अस्पतालमा मृत्युको भएपछि पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले मृत्युपछि कोरोना पुष्टि भएकाले सम्पर्कमा आएका व्यक्तिको पीसीआर जाँच गरिने बताए।

योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । बुधबार अस्पताल पुर्‍याइएका उनलाई ज्वरो आएको थियो।

छातीको घाउमा इफेक्शन भई कलेजो, फोक्सो र मुटुमा समेत पानी जमेकाले उपचारमा ढिलो भई मृत्यु भएको अस्पतालले जनाएको थियो । अस्पतालले उनको पिसिआर चेक गर्नु पर्ने बताउँदै स्वाब लिएको थियो।

ज्वरो आएपछि उनलाई खानीखोला गाउँपालिका-३ भाङ्टारस्थित मेडिकलमा भर्ना गरिको थियो। तर मेडिकलमा ४ दिन राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गम्भीर रोग हुन सक्ने बताउँदै अस्पताल लैजान भनेको थियो।

उनलाई भाङ्टारबाटै हेलिकप्टरमार्फत अस्पताल लगिए पनि जोगाउन नसकिएको परिवारका सदस्यले बताएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ३ : ३० बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६