देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव, बुटवलमा विरोध प्रदर्शन | Khabarhub Khabarhub

देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव, बुटवलमा विरोध प्रदर्शन



बुटवल- प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेशसभामा प्रस्ताव पेश भएपछि बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ ।

प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामसम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी हुने र स्थायी राजधानी दाङको देउखुरीमा हुने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेश सभामा प्रस्ताव पेश भएको हो ।

प्रदेश सभामा प्रस्ताव पेश भएपछि विपक्षी दल नेपाली कांग्रेको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ विरोध प्रदर्शनमा उत्रेको छ । नेविसंघका कार्यकर्ताहरुले प्रदेश सभा भवनअगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए । केही आन्दोलनकारीहरुले सरकारी गाडीमा तोडफोड गरेका छन् ।

प्रदेश ५ को राजधानी बुटवल हुने कि दाङ भन्नेमा विवाद थियो । सत्तारुढ नेकपाभित्रै पनि दुई पक्षको टकराव थियो । दाङका बासिन्दा रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा स्थायी राजधानी बनाउन चाहन्थे भने महासचिव विष्णु पौडेल बुटवलमै राख्न चाहन्थे ।

स्रोतका अनुसार केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि प्रदेश ५ मन्त्रिपरिषदले निर्णय गरी प्रदेश सभामा प्रस्ताव पेश गरेको हो ।

कोरोना कहर र नजिकिँदो चाडपर्वका कारण आफ्नै ढङ्गले व्यस्त बुटवलमा प्रदेश राजधानीको विषय सार्वजनिक भएपछि माहौल तातेको छ । धेरैले सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया जनाएका छन् । सडकमा विरोध प्रदर्शन हुन थालेपछि ठूलो संख्यामा प्रहरी खटाइएको छ । प्रदेश राजधानीको विषयलाई लिएर धेरै बहस चल्दै आएको छ ।

राजधानीको विषयले बढ्न सक्ने असन्तुष्टि र विरोध प्रदर्शनको सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको र थप सुरक्षाकर्मीको प्रबन्ध गरिएको जनाइएको छ ।

सात प्रदेशम्ये चार वटाले नाम राजधानी टुङ्गो लगाइसकेका छन् । प्रदेश १ ले विराटनगरलाई राजधानी तोके पनि नाम टुङ्गो लागेको छैन । प्रदेश २ मा कुनै टुङ्गो लागेको छैन, प्रस्ताव नै तयार भएको छैन । प्रदेश ५ मा शुक्रबार प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीले विपक्षी दलसँग छलफल नगरी र बहुसंख्यक जनताको भावना कुल्चिँदै सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरेको आरोप लगाएको छ । उक्त प्रस्तावको विरोधमा कडा आन्दोलन गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : ५१ बजे

मध्यपूर्वमा के हुँदै छ ? यस्तो छ इजरायल र इरानबीच जारी द्वन्द्वको पछिल्लो घटनाक्रम

काठमाडौं- बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा

नाराबाजीबीच संसद् चलाउनु ठिक हैन : सांसद पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एउटा दलको नाराबाजीबीच

भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु

मलेखु– भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच

तीन करोडभन्दा तलका आयोजनामा बजेट नराख्नुपर्थ्यो : पूर्वअर्थमन्त्री महत

काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा

रास्वपाको घेराउ, राप्रपाको बहिष्कार : खाली संसद्‍मा बजेट छलफल (तस्बिरहरू)

काठमाडौं– विरोध र नाराबाजीका बीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल