एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने « Khabarhub

एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् ।

नेपाल बुद्धिचाल सङ्घले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो ।

छनोट हुनेमा पुरुषोत्तम चौलागाईं, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन् ।

छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए । एशियाली बुद्धिचाल महासङ्घले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । एशियन अनलाइन नेशन्स बुद्धिचाल कप यही असोज २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासङ्घले जनाएको छ ।

उक्त प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काली खेलाडीसित प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ४९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल