हाम्रो पात्रोमा अब आफूलाई मनपर्ने समाचार स्रोत यसरी सहजै पढ्न पाइने « Khabarhub

हाम्रो पात्रोमा अब आफूलाई मनपर्ने समाचार स्रोत यसरी सहजै पढ्न पाइने


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – ‘हाम्रो पात्रो’ एपको न्युज पर्सनलाइजेसन (आफूलाई मनपरेका विश्वस्निय समाचार स्रोतहरुलाई रोजेर समाचार पढ्न मिल्ने सुविधा) फिचर बेटा भर्सनमा उपलब्ध भएको छ ।

कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका लागि यसको बेटा भर्सन सार्वजनिक गरेको हो ।

अबको केही दिनमा iPhone प्रयोगकर्ताहरुका लागि समेत यो सुविधा समेटिएको बेटा भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुची तथा आवश्यकता अनुरुपका समाचारहरु पर्सनलाइज गर्न सक्ने गरी यो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

एपको समाचार खण्डमा ‘For You’ अर्थात ‘तपाईंको लागि’ फिचर प्रयोग गरी तपाईंले समाचार स्रोत र समाचारको क्याटेगरी (वर्ग) रोज्न सक्नुहुनेछ ।

‘हाम्रो पात्रो’ले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो । हाल यो फिचर हाम्रो पात्रो एपमा सर्वाधिक रुचाइएको फिचर बनेको छ ।

एपमा ६० भन्दा बढी न्युज पोर्टलहरु सूचीबद्ध रहेका छन् । समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाई हुनसक्ने भएकोले प्रयोगकर्ताको मागअनुरुप यस किसिमको अहसहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो ।

हाल सीमित प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनका रुपमा सबैका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए ।

कसरी प्रयोग गर्ने हाम्रो पात्रोको बेटा भर्सन ?

> हाम्रो पात्रोको एन्ड्रोइड बेटा भर्सन प्रयोग गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

> अब ‘बिकम अ टेस्टर’ बटनमा ट्याप गर्नुहोस् ।

> यति गरेसँगै तपाईंको मोबाइलमा रहेको हाम्रो पात्रो स्वतः बेटा भर्सनमा रुपान्तरण हुनेछ ।

> यदि तपाईंको स्मार्टफोनमा हाम्रो पात्रोको एप इन्स्टल गरिएको छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस् ।

> अब हाम्रो पात्रो एप खोल्नुहोस् र समाचार खण्डमा प्रवेश गर्नुहोस् ।

> त्यहाँ अब तल पुछारको दोस्रो विकल्पमा ‘तपाईंका लागि’ विकल्प देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् ।

> हाम्रो पात्रो लगइन छैन भने त्यहाँ दिइएको लगइन बटनमा थिच्नुहोस् ।

> लग इन गरेसँगै तपाईंले अब प्लस (जोड) चिन्ह देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् ।

> अब त्यहाँ देश, साहित्य, स्वास्थ्य, प्रविधि, अर्थ, विश्व, मनोरञ्जन, खेलकुद जस्ता समाचार वर्गहरु देख्नुहुनेछ ।

त्यसमा आफूलाई मन पर्ने वर्गहरु छान्नुहोस् र माथि दायाँ कुनामा रहेको ‘अर्को’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले विभिन्न न्युज पोर्टलहरु देख्नुहुनेछ ।

जसबाट तपाईं कुन कुन न्युजपोर्टलको समाचार पढ्न चाहनुहुन्छ रोजेर माथि दायाँ कुनामा रहेको ‘भयो’ मा दबाउनुहोस् ।   यति गरेसँगै अब हाम्रो पात्रोको एपमा अघिकै ‘तपाईंको लागि’ अप्सनमा जानु भयो भने त्यहाँ तपाईंले रोजेका समाचार मात्रै देखा पर्नेछन् ।

यदि तपाईं हाम्रो पात्रोको बेटा टेस्टिङ भर्सनबाट पब्लिक भर्सनको एपमा फर्किन चाहनुहुन्छ भने यसलाई अनइन्स्टल गरी पब्लिक भर्सनको एप इन्स्टल गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ५६ बजे

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि