दुर्घटनामा हात गुमाएका मलेसियाका एक नेपालीलाई आर्थिक सहयोग « Khabarhub

दुर्घटनामा हात गुमाएका मलेसियाका एक नेपालीलाई आर्थिक सहयोग


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियामा काम गर्दा गर्दै मेसिनमा च्यापिएर हात गुमाएका एक नेपालीलाई नेपाल मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ।

एएआई एसडीएन बिएचडी कम्पनीमा काम गर्दागर्दै मेसिन च्यापिएर बायाँ हात गुमाएका ओखलढुंगा चम्पादेबी गाउँपालिकाका टेक बहादुर पुलामी मगरलाई संघले सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका मगरको उपचारमा थप मद्दत मिलोस् भनेर संघले १५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

अहिलेसम्म उनको उपचार खर्च कम्पनीले बेहोरे पनि कृत्रिम हात लगाउन डाक्टरहरुले सल्लाह दिएकाले आर्थिक संकलन सुरु गरिएको जनाइएको छ ।

उनी ६ वर्षदेखी मलेसिया कार्यरत रहेका छन् भने दुई महिनाअघि कम्पनीमा काम गर्दा दुर्घटनामा परेका सोही कम्पनीमा कार्यरत उनका साथी लोकेन्द्र पुन मगरले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : २५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय