तुलसीका पातका अनेकौं फाइदा, दैनिक सेवन गरेर यी घातक रोगबाट जोगिनुस् « Khabarhub

तुलसीका पातका अनेकौं फाइदा, दैनिक सेवन गरेर यी घातक रोगबाट जोगिनुस्


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मअनुसार तुलसीलाई पूजा गर्ने चलन छ । विज्ञानले पनि तुलसीको पातमा औषधीय गुण हुने प्रमाणित गरिसकेको छ ।

हिन्दूहरूले घरघरमा तुलसीको मोठ बनाएर पूजा गर्ने चलन छ । अझ तुलसीलाई भगवान् श्रीकृष्णको प्रिय वनस्पति पनि मान्ने गरिन्छ । साथै यो वनस्पतीलाई पवित्र पनि मानिन्छ ।

वैज्ञानिकहरूले गरेका विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्न गरिने देखाएका छन् ।

यसले शरीरलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका निभाउने गर्छ । तुलसीका पातमा हुने एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणले रुघाखोकी र ज्वरोलाई कम गर्न सहयोग पुर्‍याउँछ ।

अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर पिउँदा ज्वरो मत्थर हुन्छ ।

वैज्ञानिकहरूका अनुसार तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्ने सम्भावना न्यून हुन्छ ।

यति मात्र नभएर तुलसीले मानिसमा तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री र्‍याडिकल क्षतिबाट बचाएर तनाव कम हुन पनि सहयोग गर्छ ।

तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या निको पार्छ भने अनुहारलाई पनि उज्यालो बनाउँछ । साथै तुलसीका पातले रगतमा हुने युरिक एसिड घटाएर मिर्गौलालाई पनि स्वस्थ राख्छ ।

यदि तपाईंलाई चुरोटको कुलत छ भने तुलसीका पात चपाउँदा हट्छ ।

तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुन्छ । जसले गर्दा प्यानक्रियाटिक बीटा सेल्सको काममा सुधार गर्छ । यसले इन्सुलिन सेन्सिटिभिटी बढाउनुका साथै ब्लड सुगर कम गरेर मधुमेह नियन्त्रण गर्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : ०२ बजे

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको