च्याम्पियन्स लिगमा इन्टर मिलानको पहिलो जित « Khabarhub

च्याम्पियन्स लिगमा इन्टर मिलानको पहिलो जित


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ।

समूह बी अन्तर्गत शख्तर डोनेटेस्को मैदानमा सम्पन्न खेलमा पाहुना टिम रियल मड्रिड घरेलु टिमसँग २–० गोलले पराजित भएको हो।

यससँगै समूह बीमा रियल एक स्थान झरेको छ। दोस्रो स्थानको रियललाई हराउँदै शख्तरले उसकै स्थान लिँदा स्पेनिस क्लब एक स्थान तल परेको हो।

पाँच खेलबाट समान ७ अंक रहेका शख्तर र रियल दोस्रो र तेस्रो स्थानमा छन्।

मंगलबार रातिको खेलमा रियलविरुद्ध जितका लागि शख्तरका डेटिन्होले ५७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, मानोर सोलोमनले ८२ औं मिनेटमा गोल गरेसँगै पहिलो हाफ बराबरी भएको खेलमा शख्तरले जित निकालेको हो।

समूह चरणमा दोस्रो हार र एक बराबरी बेहोरेको रियललाई सुरुवाती चरण पार गर्न चुनौति थपिएको छ। समूह चरणको अन्तिम खेलमा जित निकाले पनि उसले नक आउट प्रवेशका लागि अब शख्तर र मोन्छेनग्लाडबाखको नजितामा भर पर्नुपर्ने छ।

सोही समूह अन्तर्गत शीर्षस्थानको ग्लाडबाख पुछारको टिम इन्टर मिलानसँग ३–२ गोलले पराजित भएको छ।

ग्लाडबाखलाई हराउँदै रियलले सिजनको पहिलो जितसमेत निकालेको छ। जितका लागि रोमलू लुकाकूले दुई गोल गरे भने माट्टेओ डर्मियनले एक गोल गरे।

यसँगै उसको पनि नक आउट स्टेजमा जाने सम्भावना कायमै छ। यदि आउँदो हप्ताको खेलमा मिलानले शख्तरलाई हराउँदा ग्लाडबाखले रियललाई हराउन सके मिलान र ग्लाडबाख नकआउट चरणमा पुग्नेछन्। त्यसो नभए मिलानको यात्रमा पूर्णविराम लाग्न सक्नेछ।

साथै एक खेल मात्र बाँकी रहँदा समूहका चार टिमलाई नै अर्को चरण जाने अवसर कायमै छ। समूह बी बाट दुई टिम अन्तिम १६ मा प्रवेश गर्नेछन्।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ०७ बजे

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न