कुवेतले डिसेम्बर ७ बाट प्रतिबन्धित देशका घरेलु कामदार लैजाने « Khabarhub

कुवेतले डिसेम्बर ७ बाट प्रतिबन्धित देशका घरेलु कामदार लैजाने


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतले प्रतिबन्धित देशबाट घरेलु कामदार लैजाने भएको छ । कुवेतको मन्त्रिपरिषद बैठकले निणर्य गरे लगतै आगामी डिसेम्बर ७ तारिखदेखि बिदामा गएर रोकिएका घरेलु कामदारलाई प्रवेश दिन लागेको हो ।

कुवेतले सिधा उडान मार्फत कोरोनाका करण फसेका घरेलु कामदारलाई लैजान लागेको जनाएको छ । यसरी फर्किने कामदारलाई उडान खर्च बाहेक क्वारेटाइन खर्च मात्र २७० कुवती दिनार तोकिएको छ ।

यसअघि अरब टाइम्सले उल्लेख गरेको समाचार अनुसार भारतबाट कुवेत फर्कनको लागि ११० र नेपालसहित श्रीलंका र बंगलादेशका १४५ तथा फिलिपिन्सका लागि २०० कुवेती दिनार भाडादर तोकेर कुवेत एयरवेज र जजिरा एयरवेजलाई उडान अनुमित दिइसकेको छ।

दैनिक रुपमा सुरक्षित तवरले ६ सय घरेलु कामदारलाई भित्र्याउन कुवेत सरकारको तयारी रहेको छ । १४ दिन अनिवार्य क्वारेटाइनमा बस्नु पर्नेछ भने लाग्ने सम्पूर्ण खर्च स्पोन्सरले दुई किस्तामा तिर्नु पर्नेछ ।

कुवेत सरकारको यो निणर्यसंगै बिदामा रहेका घरेलु नेपाली कामदार पनि फर्किन पाउने भएका छन् । करिब ८० हजार घरेलु कामदार कुवेत बाहिर रहेको अनुमान गरिएको छ । कोरोना महामारीको जोखिम बढेसंगै कुवेतले नेपालसहित ३४ देशलाई सिधा उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : २५ बजे

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर

पात्रो प्रकाशनअघि स्वीकृति लिन पञ्चाङ्ग समितिको निर्देशन

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो

अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

काठमाडौं– मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन