तेस्रो एकदिवसीयमा भारत विजयी « Khabarhub

तेस्रो एकदिवसीयमा भारत विजयी


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाहुना टोली भारतले तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम अष्ट्रेलियालाई पराजित गरेको छ ।

क्यानबेरामा बुधबार भएको खेलमा भारतले अष्ट्रेलियालाई १३ रनले पराजित गरेको हो ।

भारतले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ८९ रनमा समेटियो।

अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ७५ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार जोगाउन सकेनन् । यस्तै ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए ।

एलेक्स केरीले ३८ रन जोड्दा एस्टन अगरले २८ रन बनाए । मोइस हेन्रिक्स २२ र क्यामरुन ग्रीन २१ रनमा आउट भए ।

भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । जस्प्रित बुम्राह र टी नटराजनले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डयले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका अर्का खेलाडी रविन्द्र जडेजाले अविजित ६६ रन बनाए । यस्तै कप्तान विराट कोहलीले पनि ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ०५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा