राष्ट्रिय सभाका उम्मेदवार टुंग्याउन बालुवाटारमा नेकपा सचिवालय बैठक | Khabarhub Khabarhub

राष्ट्रिय सभाका उम्मेदवार टुंग्याउन बालुवाटारमा नेकपा सचिवालय बैठक


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरु तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ ।

बैठकमा राष्ट्रिय सभाका उम्मेद्वार छनोट, सभामुख चयन लगायतका विषयमा छलफल हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

बुधवार(हिजो) बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि सचिवालय बैठक आजका लागि पुन बोलाइएको हो ।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गतेसम्म उमेदवारी दिनुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । १८ स्थानका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : २० बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ