साढे १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय पक्राउ « Khabarhub

साढे १ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय पक्राउ


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थलबाट तस्करीको १ किलो ६ सय ग्राम सनुसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

२ जना भारतीयलाई अर्धठोस सुन १ किलो ६ सय ग्रामसहित पक्राउ गरिएको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा राहदानी नम्बर आर–५०७०३२२ वाहक ३९ वर्षीय मोहम्मद काशिफ र राहदानी नम्बर जे–८६१९१८३ वाहक ४० वर्षी मोद मुशर्फिन छन् ।

पक्राउ परेकामध्ये मोहम्म काशिफको साथबाट ७ सय ३८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । उनी नेपाल एयरलाइन्सको उडानबाट युएईको दुबईबाट नेपाल आएका थिए ।

यस्तै, इन्डिगो एयरको विमानमार्फत भारतको दिल्लीबाट आएका मोद मुशर्फिनको साथबा २ सय ६८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १२ : २७ बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको