अन्तत: चितवन छाड्न ‘बाध्य’ भए एसपी दानबहादुर मल्ल « Khabarhub

अन्तत: चितवन छाड्न ‘बाध्य’ भए एसपी दानबहादुर मल्ल


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको २ हप्तापछि प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख रहेका मल्लले प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई चार्ज बुझाएर सरुवा भएको ठाउँका लागि रवाना लिएका हुन् ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार १२ घण्टाभित्र चितवन छाड्न निर्देशन दिएपछि एसपी मल्लले २ हप्तापछि सरुवा भएको ठाउँका लागि रमाना लिएका हुन् ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा स्रोतले एसपी मल्लले सरुवा भएको ठाउँका लागि रवानाको पत्र लिइसकेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो ।

तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त  हाजिर हुन पाएकी थिइनन् ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १ : २२ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा