सुनको मूल्य प्रतितोला १ हजार बढ्यो « Khabarhub

सुनको मूल्य प्रतितोला १ हजार बढ्यो


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेको छ । बढेको मूल्यसँगै शुक्रबार सुनको मूल्य प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको ५ ।

बुधबार र बिहीबारस्थिर रहेको सुनको मुल्य शुक्रबार एकै दिन तोलामा १ हजार बढेर प्रति तोला ७४ हजार ५ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ हजार रुपैयाँ बढेर नेपालको इतिहासमा सबैभन्दा महँगो अर्थात रेकर्ड ब्रेक गरेको छ ।
बिहीबार छापावाला सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, तेजावी सुनको मुल्य ७४ हजार २ सय कायम भएको छ । यस भन्दा अगाडी गत भदौ ९ गते सुनको मुल्य तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि बजारमा घटेर ७० हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मुल्य भने स्थिर छ । नेपाली बजारमा चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण नभइ अन्तर्राष्ट्रिय मुल्यले प्रभाव पारेको तथा अमेरिका र इरानबिच टकाराव बढेकाले सुनको मुल्य अझै बढ्न सक्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १ : ४४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको