अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाखको भ्रष्टाचार मुद्दा दायर « Khabarhub

अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाखको भ्रष्टाचार मुद्दा दायर


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव ढुङ्गानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ खर्च तथा लगानी गरेका देखिएको छ ।
तर, उनले त्यस अवधिमा ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्रै वैध रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

उनले गरेको खर्च तथा लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत नखुलेका कारण अख्तियारले सोही रकम बराबर बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार ढुङ्गानाले अवैध रुपमा आर्जन गरेको रकमबाट आफूसहित आफ्नी श्रीमती मघु कोइराला (ढुङ्गाना)का नाममा समेत चल तथा अचल सम्पत्ति खरिद गरेका छन् ।

अख्तियारले ढुङ्गानाविरुद्ध विगोअनुसार जरिवानाका र अवैध रुपमा आर्जिक सम्पत्ति जफतका साथै २ वर्ष कैद सजाय समेत मागदाबी गरेको छ ।

अख्तियारले उपसचिव ढुङ्गानाकी श्रीमती मधुलाई समेत प्रतिवादी बनाएर अवैध रुपमा आर्जन गरी उनको नाममा कायम भएको सम्पत्ति जफतको मागदाबी समेत गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  २ : २७ बजे

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु