मलद्वारमा लुकाएर सुन तस्करी गर्ने थप २ जना भारतीय काठमाडौंमा पक्राउ « Khabarhub

मलद्वारमा लुकाएर सुन तस्करी गर्ने थप २ जना भारतीय काठमाडौंमा पक्राउ


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित फेरि २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

एयर अरेबियाको उडानमार्फत कतारको दोहाबाट काठमाडौं उत्रिएका २ जना भारतीयलाई मलद्वारमा लुकाएर ल्याएको २ किलो सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा प्रहरी र महानगरीय अपराध महाशाखाको संयुक्त अभ्यासका क्रममा २ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नवीन गोपिचन्द र सुरेशलाल भारत छन् । उनीहरुले १ किलो सुनलाई ६ वटा गोली बनाएर मलद्वारमा राखेर तस्करी गरी काठमाडौं पु¥याएका थिए ।

पछिल्लो एक हप्तामा मात्रै मलद्वारमा सुन लुकाएर तस्करी गर्ने भारतीयहरु दोस्रो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

मंगलबार पनि प्रहरीले मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित १ जना भारतीयलाई पक्राउ गरेको थियो ।

यस्तै, बिहीबार पनि गालेर ल्याएको साढे १ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय पक्राउ परेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ३ : ०३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा