निजगढ–बर्दिबास रेलमार्ग निर्माणमा तीव्रता « Khabarhub

निजगढ–बर्दिबास रेलमार्ग निर्माणमा तीव्रता


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्र्याक निर्माण कार्यले तीव्रता पाएको छ ।

रेलमार्ग निर्माणलाई ५ खण्डमा विभाजन गरी धन्सार–बाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्र्याक र पुल निर्माणको काम तीव्रता दिएका छन् ।

निजगढ–बर्दिबास रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनामा भने मुआब्जा विवादले निर्माण अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै करीब ६०० मिटर क्षेत्रमा स्थानीयवासीले अवरोध गरेपछि ट्र्याक निर्माण कार्यले गति लिन नसकेको हो ।

उनीहरूले रेलको लिक र स्टेशन बनाउने जमीनको पुनःमूल्याङ्कन गरी उचित मूल्य पाउनुपर्ने माग राखेका छन् । प्रतिकठ्ठा १० लाख पर्ने जग्गा ३ लाख ५० हजार मात्रै मुआब्जा निर्धारण गरिएकाले विरोध गरिएको उनीहरूको भनाइ छ । यसअघि मुआब्जा थोरै भएको भन्दै पुनःमूल्याङ्कनका लागि उनीहरूले जिल्ला प्रशासन कार्यलयमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

यस विषयमा टुङ्गो नलागेपछि निर्माण कम्पनीले पश्चिम क्षेत्रबाट कामको थालनी गरेको हो । धन्सारदेखि वाग्मतीसम्म करिब २३ किलोमिटरमा ट्र्याक निर्माणले गति लिएको छ । उक्त स्थानमा जङ्गल पर्ने भएकाले रूख कटान स्वीकृतिका लागि डिभिजन वन कार्यालयहरुले विभागमा फाइल पठाएको बताइएको छ ।

रेलमार्गमा राष्ट्रिय तथा सामुदायिक वन गरी २५ दशमलव ७३ हेक्टर क्षेत्र पर्ने डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साहले बताए । वन क्षेत्रमा साल, जामुनु, सिसौ, खयरलगायतका पाँच हजार २९७ रुख काट्नुपर्ने उहाँको भनाइ छ । रुख कटानका लागि विभागमा फाइल पठाइसकेको उनले बताउनुभयो । सो खण्डमा पर्ने वाग्मती, पौराई, लमाहा, चाँदी, सत्यारी र अमोखोलामा गरी ६ पुल बनाइने निर्माण कम्पनीले बताएको छ ।

विभागका इञ्जिनीयर सुमोद पोखरेलका अनुसार साढे दुई वर्षभित्र रेलमार्ग निर्माण सक्नुपर्नेेछ । निर्माण कम्पनीलाई करिब रु सवा तीन अर्ब मा धन्सार वाग्मती खण्डको कामको जिम्मा दिइएको पोखरेलले बताउनुभयो । चालू आवको मङ्सिरमा मूल्याङ्कनका आधारमा रेलमार्ग निर्माणका लागि अर्थ मन्त्रालयसँग रु १० खर्ब ७४ अर्ब २७ करोड १४ लाख ९४ हजार माग गरिएको उहाँले जानकारी दिनुभयो । सरकारी लगानीमा निजगढ–बर्दिबासखण्डको ७० किमी रेलमार्गको ट्र्याक निर्माण शुुरू गरिएको विभागले जनाएको छ । यस वर्ष रेल्वे स्टेशन, लिक हाल्ने, खानेपानी र विद्युत्को काम सक्ने विभागको योजना छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ४ : १६ बजे

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले