विराज भट्टको ‘साङ्लो’ ट्रेलर सार्वजनिक (भिडियो) « Khabarhub

विराज भट्टको ‘साङ्लो’ ट्रेलर सार्वजनिक (भिडियो)


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म हलमा केही समयदेखि नै प्रदर्शन गरिएको ट्रेलर सबैका लागि आज सार्वजनिक गरिएको हो ।

शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा विराज भट्ट, निकिता चण्डक लगायतको उपस्थिति थियो ।

पूर्वमिस नेपाल समेत रहेकी निकिता चण्डकको डेब्यु फिल्मका रुपमा लिइएको ‘साङ्लो’ मा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको अभिनय छ ।

सार्वजनिक ट्रेलरमा भरपूर एक्सन देख्न सकिन्छ । ट्रेलरमा विराजलाई एक्सन अभिनेताका रुपमा देखाएको छ ।

मानकृष्ण महर्जनले खिचेको यो फिल्मलाई शिवम् अधिकारीले लेखेका छन् भने निर्देशन विराज भट्टले गरेका हुन् ।

निर्देशक भट्टकै लगानी रहेको ‘साङ्लो’ आउँदो माघ २४ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ४ : ४० बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य