विराज भट्टको ‘साङ्लो’ ट्रेलर सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

विराज भट्टको ‘साङ्लो’ ट्रेलर सार्वजनिक (भिडियो)


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म हलमा केही समयदेखि नै प्रदर्शन गरिएको ट्रेलर सबैका लागि आज सार्वजनिक गरिएको हो ।

शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा विराज भट्ट, निकिता चण्डक लगायतको उपस्थिति थियो ।

पूर्वमिस नेपाल समेत रहेकी निकिता चण्डकको डेब्यु फिल्मका रुपमा लिइएको ‘साङ्लो’ मा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको अभिनय छ ।

सार्वजनिक ट्रेलरमा भरपूर एक्सन देख्न सकिन्छ । ट्रेलरमा विराजलाई एक्सन अभिनेताका रुपमा देखाएको छ ।

मानकृष्ण महर्जनले खिचेको यो फिल्मलाई शिवम् अधिकारीले लेखेका छन् भने निर्देशन विराज भट्टले गरेका हुन् ।

निर्देशक भट्टकै लगानी रहेको ‘साङ्लो’ आउँदो माघ २४ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ४ : ४० बजे

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भए : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो