प्रहरीको प्राविधिक एआइजी बढुवा सिफारिसविरुद्ध लोक सेवामा उजुरी « Khabarhub

प्रहरीको प्राविधिक एआइजी बढुवा सिफारिसविरुद्ध लोक सेवामा उजुरी


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा प्राविधिकतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ ।

प्रहरीको प्राविधिक तर्फका नायव महानिरीक्षक (डिआइजी) डा. मिनराज पाठकले शुक्रबार लोक सेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिएका हुन् ।

गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक तर्फकी डिआइजी डा. आशा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, डा. पाठकले भने आफूभन्दा जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरिएको भन्दै उजुरी दिएका हुन् ।

डा. पाठकले आफू प्रहरी निरीक्षकदेखि डीएसपी, एसपी, एसएसपी र डिआइजीमा बढुवा हुँदासम्म १ नम्बरमा रहेपनि पछिल्लो ३ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा पछि पार्ने काम भएको पनि आरोप लगाएका छन् ।

डा. पाठकसहित एआइजीमा बढुवा सिफारिस भएकी सिंह र डा. सुमनराज श्रेष्ठ १ पुस २०७५ मा प्रहरीको प्राविधिक तर्फको नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका थिए ।

प्रहरीको प्राविधिक तर्फका एआइजी प्रहरी अस्पतालको प्रमुख हुन्छन् ।

प्रहरीको प्राविधिक तर्फकी एआइजी डा. दूर्गा थापाले ३ पुसमा अनिवार्य अवकाश पाएपछि १ नम्बरमा रहेका डिआइजी डा. पाठकले नै प्रहरी अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ५ : ३८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा