दक्षिण अफ्रिकी पूर्व कप्तान अमला ईपीएल खेल्न नेपाल आउने « Khabarhub

दक्षिण अफ्रिकी पूर्व कप्तान अमला ईपीएल खेल्न नेपाल आउने


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न दक्षिण अफ्रिकाका पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान हसिम अमला नेपाल आउने भएका छन् ।

ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउँन तयार रहेको बताएका छन् ।

‘कुन टिमबाट खेल्ने भन्ने निश्चित भइसकेको छैन । तर, हसिम अमला ईपीएल खेल्न तयार छन्,’ अख्तरले भने ।

अख्तरले अमला कुन टोलीबाट खेल्ने भन्ने २–४ दिनभित्र निश्चित भइसक्नेसमेत बताएका छन् । अमलाले दक्षिण अफ्रिकाका लागि टि–२० डेब्यु अस्ट्रेलियाविरुद्धको खेलमा सन् २००९ मा गरेका थिए । त्यस्तै, उनी टेस्ट, एकदिवसिय र टि–२० गरि तिनै फर्म्याटका उत्कृष्ट ओपनर हुन् ।
आयोजकले गत संस्करणको ईपीएल पछिका अन्य नेपाली घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने प्रावधान बनाएको छ ।

अमलासँगै यो संस्करणको ईपीएलका लागि क्यारेबियन देश वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेल पनि आउने सम्भावना रहेको बताएका छन् ।
ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ६ : ११ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको