आइतबारदेखि मौसममा सुधार आउने, दिपायलमा सबैभन्दा धेरै ६२.३ मिलिमिटर वर्षा « Khabarhub

आइतबारदेखि मौसममा सुधार आउने, दिपायलमा सबैभन्दा धेरै ६२.३ मिलिमिटर वर्षा


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय वायूको प्रभाव स्वरुप आज मुलुकभर वर्षा भएको जनाएको छ ।

महाशाखाले शनिबार पनि हिमपात र वर्षाको सम्भावना रहेको पूर्वानुमान गर्दै आइतबारबाट मौसममा सुधार आउने जनाएको छ ।

मौसम बदलीसँगै हल्कादेखि मध्यम वर्षा र मध्यमदेखि भारी हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

अहिले देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहेको छ ।

‘भोलि (शनिबार) आजजस्तो पूर्णबदली भने नहुने हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार दिउँसोदेखिमात्रै मौसम पूर्णरुपमा खुल्ने महाशाखाले जनाएको छ ।

यस्तो छ मौसमको पूर्वानुमान

शुक्रबार राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, शुक्रबार राति मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले शुक्रबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै, शनिबार दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आइतबार

आइतबार दिउँसो देशको मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।

यस्तै, आइतबार दिउँसो देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मध्य तथा पूर्वी पहाडका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति देशको पश्चिमी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

काठमाडौंमा ३.८ मिलिमिटर वर्षा

महाशाखाको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३.८ मिलिमिटर वर्षा भएको छ । यो बिहीबार बेलुका पौने ६ बजेदेखि शुक्रबार बेलुका पौने ६ बजेसम्मको तथ्यांक हो । सवैभन्दा धेरै वर्षा सुदूपश्चिमको दिपायलमा ६२.३ मिलिमिटर वर्षा भएको छ ।

कुन ठाउँमा कति वर्षा  ?

 

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ८ : १३ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको