तीन वर्षभित्र प्रदेश १ का १० लाख घरधुरीमा बिजुली पुग्छ- मुख्यमन्त्री राई | Khabarhub Khabarhub

तीन वर्षभित्र प्रदेश १ का १० लाख घरधुरीमा बिजुली पुग्छ- मुख्यमन्त्री राई


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी तीन वर्षभित्र प्रदेश १ का दश लाख घरधुरीमा उज्यालो पुर्‍याउने बताएका छन् ।

आधिकारिक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनद्वारा आयोजित ‘सहज सेवा, स्वच्छ नेविप्रा’ राष्ट्रिय अभियान–२०७६ को १ नं प्रदेश श्रृङ्खला अभियान आज शुरुआत गर्दै उनले तीन वर्षभित्र विद्युत् भार कटौती गर्ने जानकारी दिए ।

उनले प्रदेश उर्जाको क्षेत्रमा सम्पन्न रहेको बताउँदै आगामी पाँच वर्षभित्र एक हजार ५०० मेघावाट विद्युत् उत्पादन गरी औद्योगिक क्षेत्रको विकासबाट जनतालाई रोजगारी उपलब्ध जनतालाई समृद्ध बनाउने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले विकास र समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टाचार र ढिलासुस्ती अन्त्यका लागि शून्य सहनशिलता अपनाएको जानकारी दिँदै यस किसिमको गलत क्रियाकलापको जानकारी आफूले सार्वजनिक गरेको मोबाइल तथा विद्युतीय सञ्चारमा जानकारी प्राप्त भएको एक घण्टाभित्र कारवाही गरिएको जानकारी दिए ।

उनले सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग गरी ‘डिजिटल प्रदेश’ मा रुपान्तरण गर्न ‘सिएम ड्यास बोर्ड’ चाँडै सञ्चालनबाट मुख्यमन्त्री कार्यालय, प्रदेश कार्यालय, सम्पूर्ण पालिकाका सूचना, छलफललगायत सबै जानकारी उपलब्ध हुने बताए ।

मुख्यमन्त्री राईले गुणस्तरीय सडक, खानेपानी, सिँचाइ र विद्युत् योजना निर्माणबाट जनतालाई विकासको अनुभूति दिनुपर्नेमा जोड दिँदै स्वच्छ गुणस्तरीय र सेवा प्रदान गर्ने युनियनको अभियानले सरकारलाई मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरे।

नेपाल विद्युत् प्राधिकरण प्रदेश निर्देशक श्रीरामराज पाण्डेले प्रदेशको छ जिल्लामा पूर्णरुपमा विद्युत् पुगेको जानकारी दिँदै सोलार ग्रीडका लागि रु एक अर्ब रकम छुट्याएको बताए ।

ट्रेड युनियनका केन्द्रीय संयोजक रामेश्वर पौडेलले विदेशी लगानीमा निर्माण भएको विद्युत् परियोजनाको आम्दानी नेपाली मुद्रा लग्नुपर्नेमा जोड दिँदै ग्यास विस्थापित गरी विद्युत्को अधिकतम उपयोगमा अभियान शुरु गरिएको विचार व्यक्त गरे ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले राष्ट्रिय गौरवको आयोजना गोल्वल ठेक्कमा मिलोमतो अन्त्य भएमा गुणस्तरीय निर्माण हुने बताए। अभियानमा १४ जिल्लाका कार्यालय र २४ वितरणका कार्यालय प्रमुख, कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ८ : ४१ बजे

अष्ट्रेलियाले इरानबाट आफ्ना नागरिक निकाल्ने तयारी गर्दै

सिड्नी- अष्ट्रेलिया सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एक

रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्‍नुपर्छ

काठमाडौं- सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्‍मा छिरेका राष्ट्रिय

संसद् अवरोधबारे पाँच दलसँग छलफल गर्दै सभामुख

काठमाडौं– चौथो ठूलो दल रास्वपाले संसद् अवरोध जारी राखेको विषयमा

नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु परिवर्तनबाट

इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी पूर्ववर्ती मारिएपछि चार दिनअघि मात्रै जिम्मेवारी