तीन वर्षभित्र प्रदेश १ का १० लाख घरधुरीमा बिजुली पुग्छ- मुख्यमन्त्री राई « Khabarhub

तीन वर्षभित्र प्रदेश १ का १० लाख घरधुरीमा बिजुली पुग्छ- मुख्यमन्त्री राई


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी तीन वर्षभित्र प्रदेश १ का दश लाख घरधुरीमा उज्यालो पुर्‍याउने बताएका छन् ।

आधिकारिक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनद्वारा आयोजित ‘सहज सेवा, स्वच्छ नेविप्रा’ राष्ट्रिय अभियान–२०७६ को १ नं प्रदेश श्रृङ्खला अभियान आज शुरुआत गर्दै उनले तीन वर्षभित्र विद्युत् भार कटौती गर्ने जानकारी दिए ।

उनले प्रदेश उर्जाको क्षेत्रमा सम्पन्न रहेको बताउँदै आगामी पाँच वर्षभित्र एक हजार ५०० मेघावाट विद्युत् उत्पादन गरी औद्योगिक क्षेत्रको विकासबाट जनतालाई रोजगारी उपलब्ध जनतालाई समृद्ध बनाउने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले विकास र समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टाचार र ढिलासुस्ती अन्त्यका लागि शून्य सहनशिलता अपनाएको जानकारी दिँदै यस किसिमको गलत क्रियाकलापको जानकारी आफूले सार्वजनिक गरेको मोबाइल तथा विद्युतीय सञ्चारमा जानकारी प्राप्त भएको एक घण्टाभित्र कारवाही गरिएको जानकारी दिए ।

उनले सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग गरी ‘डिजिटल प्रदेश’ मा रुपान्तरण गर्न ‘सिएम ड्यास बोर्ड’ चाँडै सञ्चालनबाट मुख्यमन्त्री कार्यालय, प्रदेश कार्यालय, सम्पूर्ण पालिकाका सूचना, छलफललगायत सबै जानकारी उपलब्ध हुने बताए ।

मुख्यमन्त्री राईले गुणस्तरीय सडक, खानेपानी, सिँचाइ र विद्युत् योजना निर्माणबाट जनतालाई विकासको अनुभूति दिनुपर्नेमा जोड दिँदै स्वच्छ गुणस्तरीय र सेवा प्रदान गर्ने युनियनको अभियानले सरकारलाई मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरे।

नेपाल विद्युत् प्राधिकरण प्रदेश निर्देशक श्रीरामराज पाण्डेले प्रदेशको छ जिल्लामा पूर्णरुपमा विद्युत् पुगेको जानकारी दिँदै सोलार ग्रीडका लागि रु एक अर्ब रकम छुट्याएको बताए ।

ट्रेड युनियनका केन्द्रीय संयोजक रामेश्वर पौडेलले विदेशी लगानीमा निर्माण भएको विद्युत् परियोजनाको आम्दानी नेपाली मुद्रा लग्नुपर्नेमा जोड दिँदै ग्यास विस्थापित गरी विद्युत्को अधिकतम उपयोगमा अभियान शुरु गरिएको विचार व्यक्त गरे ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले राष्ट्रिय गौरवको आयोजना गोल्वल ठेक्कमा मिलोमतो अन्त्य भएमा गुणस्तरीय निर्माण हुने बताए। अभियानमा १४ जिल्लाका कार्यालय र २४ वितरणका कार्यालय प्रमुख, कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ८ : ४१ बजे

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश