हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति? « Khabarhub

हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति?


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमारको कमेडी फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा सफलता हासिल गरिरहेको छ । यो फिल्मले एक हप्तामा १ सय २७ करोड ९० लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्मले पहिलो हप्तामा आक्रामक व्यापार गरेको छ । फिल्मले पहिलो दिन १७ करोड ५६ लाख कमाइ गरेको थियो । यस्तै शनिवार २१ करोड ७८ लाख कमाएको थियो ।

फिल्मले हप्ताभरमा उत्साहजनक व्यापार गरेको हो । यो फिल्मले बिहीवार मात्र १० करोड ८० लाख भारु कमाइ गरेको थियो ।

फिल्मले यो हप्ता पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्मले सफलता पाउँदा सलमान खानको फिल्म ‘दबंग ३’ को व्यापार कम भएको थियो ।

‘गुड न्यूज’ मा अक्षय कुमार, कियारा, करीना कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ । यो फिल्मले यो हप्ता २ सय करोड कमाउने आँकलन गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ९ : १५ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा