डा. बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि… « Khabarhub

डा. बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि…


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बिटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएका छन् ।

उनले ट्वीटरमा विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका हुन् ।

विराटनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टर कहाँ जाँदा देखेजस्तो लागेको भनेपछि लेखेका छन्, ‘तपाईं डाक्टर हो ? म–हैन । किन सोध्नुभो ? उनी–डाक्टर कहाँ जाँदा देखेजस्तो लागेर ।’

त्यसपछि उनले चतरानजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै भट्टराई लेख्छन्, ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो ! पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो ? उनी–फोटो र टिभीमा देखेर !’

अध्यक्ष भट्टराईले ट्वीटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : ०६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक