भान डाइकलाई भित्र्याउन युभेन्टसले लिभरपुलसँग गर्यो किर्तिमानी मूल्यको अफर « Khabarhub

भान डाइकलाई भित्र्याउन युभेन्टसले लिभरपुलसँग गर्यो किर्तिमानी मूल्यको अफर


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटलीको सिरी ए च्याम्पियन युभेन्टसले भर्जिल भान डाइकलाई भित्र्याउन १५० मिलियन पाउण्डको किर्तिमानी मूल्य अफर गरेको छ ।

यदि युभेन्टसको यो प्रयास सफल भएमा यी डिफेन्डर दोस्रो पटक विश्वकै सबैभन्दा महंगा डिफेण्डर बन्नेछन् । यसअघि लिभरपुलले उनलाई साउथह्याप्टनबाट किर्तिमानी ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई भित्र्याइसकेको युभेन्टसले अब भान डाइकलाई च्याम्पियन्स लिग जिताउने खेलाडीको रुपमा पहिचान गरेको हो ।

युभेन्टस स्रोतलाई उद्धृत गर्दै सनस्पोर्टले लेखेअनुसार लिभरपुलबाट सबैजसो ट्रफी जितिसकेपछि भान डाइन नयाँ चुनौतीको लागि तयार भएको युभेन्टसको बुझाइ छ ।

नेदरल्याण्डका कप्तानको रुपमा आफ्नो देशलाई गत सिजन नेशन्स लिगको फाइनलसम्म पुर्याएका भान डाइक गत सिजन बालोन डिओरमा पनि मेस्सीपछि दोस्रो स्थानमा थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ३४ बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन