कोरोना भाइरसको उपचारका लागि चीनमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माण हुँदै « Khabarhub

कोरोना भाइरसको उपचारका लागि चीनमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माण हुँदै


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको उपचारका लागि एक हजार शैयाको छुट्टै अस्पताल संचालन गरेको चीनले अर्को अस्पताल निर्माण पनि तीब्र पारेको छ ।

संक्रमणले महामारीको रुप लिएको चीनको वुहानमा अति तीव्र गतिमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माणाधीन अवस्थामा रहेको हो ।

यसअघि निर्माण गरिएको अस्पताल पर्याप्न नभएपछि अर्को अस्पताल निर्माणलाई पनि तीब्रता दिइएको चिनियाँ अधकारीहरुले जनाएका छन । निर्माणाधिन अस्पताल बुधबारसम्म बनिसक्ने छ ।

गएको डिसेम्बर ३१ मा हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भइरसको संक्रमण अहिले चीनसहित विश्वका २२ भन्दा बढी मुलुकमा फैलिएको छ ।

कोरोना भाइरसकै कारण चीनमा अहिलेसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । १७ हजार भन्दा बढी मानिसमा संक्रमित भएका छन ।

आइतबार पहिलो पटक चीन बाहिर पनि एक जनाको मृत्यु भएको छ । फिलिपिन्सको मनिलामा मृत्यु भएका ती व्यक्ती चिनियाँ नागरिक नै भएको पुष्टि भएको छ ।

विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यस्तै आफ्नै नागरिकको पनि क्वारेन्टाइन गरिरहेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य संगठनले सोमबार दिएको जानकारी अनुसार २१ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । यस्तै एक लाख ५२ हजार ७०० जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । ४७५ जना भने निको भएर अस्पतालबाट बिदा भएका छन्।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ४२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट