कोरोना भाइरसको उपचारका लागि चीनमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माण हुँदै « Khabarhub

कोरोना भाइरसको उपचारका लागि चीनमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माण हुँदै


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको उपचारका लागि एक हजार शैयाको छुट्टै अस्पताल संचालन गरेको चीनले अर्को अस्पताल निर्माण पनि तीब्र पारेको छ ।

संक्रमणले महामारीको रुप लिएको चीनको वुहानमा अति तीव्र गतिमा १३ सय शैयाको अर्को अस्पताल पनि निर्माणाधीन अवस्थामा रहेको हो ।

यसअघि निर्माण गरिएको अस्पताल पर्याप्न नभएपछि अर्को अस्पताल निर्माणलाई पनि तीब्रता दिइएको चिनियाँ अधकारीहरुले जनाएका छन । निर्माणाधिन अस्पताल बुधबारसम्म बनिसक्ने छ ।

गएको डिसेम्बर ३१ मा हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भइरसको संक्रमण अहिले चीनसहित विश्वका २२ भन्दा बढी मुलुकमा फैलिएको छ ।

कोरोना भाइरसकै कारण चीनमा अहिलेसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । १७ हजार भन्दा बढी मानिसमा संक्रमित भएका छन ।

आइतबार पहिलो पटक चीन बाहिर पनि एक जनाको मृत्यु भएको छ । फिलिपिन्सको मनिलामा मृत्यु भएका ती व्यक्ती चिनियाँ नागरिक नै भएको पुष्टि भएको छ ।

विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यस्तै आफ्नै नागरिकको पनि क्वारेन्टाइन गरिरहेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य संगठनले सोमबार दिएको जानकारी अनुसार २१ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । यस्तै एक लाख ५२ हजार ७०० जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । ४७५ जना भने निको भएर अस्पतालबाट बिदा भएका छन्।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ४२ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर