बक्यौता रकम नपाएपछि उखु किसानद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा « Khabarhub

बक्यौता रकम नपाएपछि उखु किसानद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्।

उखु किसान संघर्ष समितिले विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

उखु मिलहरुबाट पाउनुपर्ने रकम र अनुदान रकम सरकारले माघ ७ गतेभित्र भुक्तान गराउने सहमति गरे पनि रकम नपाउँदा आफुहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।

समितिले फागुन मसान्तसम्म किसानहरुले पाउनुपर्ने रकम भुक्तानी नपाए चैत्र ४ गतेदेखि पुनः राजधानी केन्द्रित आन्दोलन थाल्ने चेतावनी दिएको छ।

उनीहरुले माघ १९ गतेदेखि नै गाउँ गाउँमा पुगी किसानहरुले पाउनुपर्ने बक्यौता रकमको विवरण संकलन गर्ने, एक छाक मात्र खाना खाई खेतमा काम गर्ने, जागरण अभियान चलाउनेदेखि माइतीघर मण्डलामा रिले अनसन थाल्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : १२ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा