मोबाइलको भारब्रेसनले निम्त्याउँछ त स्वास्थ्य समस्या, यस्तो छ वास्तविकता « Khabarhub

मोबाइलको भारब्रेसनले निम्त्याउँछ त स्वास्थ्य समस्या, यस्तो छ वास्तविकता


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोबाइल फोनको अधिक प्रयोग स्वास्थ्यका लागि घातक मानिन्छ ।

धेरै मोबाइल चलाउँदा टाउको दुख्ने आँखा दुख्ने जस्ता समस्या पनि देखिन्छन पनि ।

अझ मोबाइलको भाइब्रेसनले स्वास्थ्यमा नपुंशक हुने, क्यान्सर हुने भन्नेजस्ता हल्ला पनि चलेका सुनिन्छन ।

तर के वास्तविकता त्यस्तै हो त ? फोनको रेडियसनसँग नजिक हुदाँ यसले क्यान्सर जस्तो प्राणघातक रोगको खतरा उत्पन्न गराउँछ गराउन्न भन्नेबारे मत विभाजित छ ।

घातक भन्ने बित्तिकै मानिसहरुमा ‘रेडियसन’ प्रति त्रासको भाव पैदा हुने गरेको छ । केही रेडियसनले कोशिका तथा डीएनएलाई क्षति पुर्‍याउँछ । जसले क्यान्सरको खतरा समेत निम्त्याउँने विशेषज्ञहरु बताउँछन ।

रेडियसन के हो ?

रेडियसन भनेको वरिपरीको वातावरणमा उत्सर्जन भएका ऊर्जा तरंगहरु हुन् ।

मोबाइल फोनको हकमा रेडियसनको कुरा गर्दा ‘इलेक्ट्रोम्याग्नेटिक रेडियसन’ भन्ने बुझिन्छ ।

यसरी हेर्दा क्यान्सर उत्पन्न गराउने अल्ट्रा भायोलेट अर्थात् युभी रेडियसन पनि इलेक्ट्रोम्याग्नेटिक रेडियसन नै हो ।

यसकारण पनि धेरै मानिसहरु मोबाइल फोनको रेडियसनलाई क्यान्सरसँग जोडेर हेर्ने गरिएको छ ।

घामबाट आउने अल्ट्रा भायोलेट किरणले जब छालालाई छेडेर डीएनए रहेको सेलभित्रको स्थानमा पुग्छ तब क्यान्सर उत्पन्न गराउँछ ।

समयसँगै यसले डीएनएमा असर गर्छ र कोशिका नै प्रभावित बन्छ । शरीरमा नयाँ कोशिका उत्पादन गर्न डीएनएको विशेष भूमिका हुन्छ ।

तर डीएनएमा नै क्षति पुगेपछि नयाँ बन्ने कोशिका पनि दुषित हुन्छन् । यसरी दुषित कोशहरु बढ्दै गएपछि यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।

तर हामीले थाहा पाउनुपर्ने कुरा के हो भने मोबाइलफोनबाट उत्सर्जन हुने युभी रेज फरक हो ।

एक्स रे, युभी रेज तथा विभिन्न किसिमका हानिकारक रेडियसनलाई आयोनाइज गरिएको हुन्छ । मोबाइल फोन तथा डेस्क ल्याम्पहरुमा प्रयोग हुने रेडियसनलाई आयोनाइज गरिएको हुँदैन ।

यसकारण अधिकांश वैज्ञानिक तथा विज्ञहरु मोबाइलबाट उत्सर्जन हुने रेडियसन घरको रेडियटर जस्तो हुने र यससँग डराउनु नपर्ने बताउँछन् ।

यसर्थ मोबाइलको भाइब्रेसनकै कारण क्यान्सर र मानिसको मृत्यु जस्ता विषय अतिरञ्जनापूर्ण भएको विज्ञहरु बताउँछन ।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : २० बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान