विमानमा ग्यास मास्क लगाएका व्यक्ति देखेपछि यात्रु बने आतंकित « Khabarhub

विमानमा ग्यास मास्क लगाएका व्यक्ति देखेपछि यात्रु बने आतंकित


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा आफ्नो अनुहार छोप्नेगरी लगाएको ग्यास मास्क फुकाल्न नमानेपछि एक यात्रुलाई चढेको विमानबाट ओरालिएको विवरण टेक्ससका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

ड्यालसबाट ह्यूस्टन उड्न लागेको विमानमा बिहीवार चढेका यात्रुहरू उनलाई देखेर डराएका थिए। विमानका कर्मचारीहरूले उनलाई मास्क फुकाल्न गरेको अनुरोध उनले अस्वीकार गरेका थिए। त्यसपछि उनलाई उक्त विमानमा उड्न दिइएन।

त्यो क्रममा उक्त विमान एक घण्टा ढिलो उड्यो। ती व्यक्ति अर्को विमानमा चढेर गन्तव्यतिर उडे। तर त्यसमा चढ्दा उनले मास्क लगाएनन्।

पहिलो विमानका यात्रु जोजिफ सेले ह्यूस्टनले एबीसीसी स्टेशन केटीआरकेलाई भने, ‘मैले एकजना व्यक्ति पूरै मुख छोपिनेगरी ग्यास मास्क लगाएर विमानमा आउँदै गरेको देखेँ। त्यो कस्तोकस्तो अप्ठ्यारो देखिन्थ्यो।’

‘तत्कालै मानिसहरूले विमानमा पछाडिपट्टि कुरा गर्ने थाले। उनको अनुहार देखिँदैनथ्यो। उनको कुनै रूप चिन्न सकिँदैनथ्यो। उनले विमानमा केही कुरा लुकाएर ल्याएका छन् कि र आफ्नो सुरक्षाका लागि मास्क लगाएका हुन् कि भन्ने आशङ्कामा मानिसहरू चिन्तित थिए।’

आफूलाई पहिला ती व्यक्तिले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन मास्क लगाएको होला भन्ने लागेको सेले बताए। ‘त्यसपछि मैले त्यसमा फिल्टर नभएको भेउ पाएँ। अनि त्यसको कुनै अर्थ भए जस्तो लागेन।’

‘उनीसँगै बसेकी एक महिलाबाट हामीले ती व्यक्तिले केही कुरा भन्ने इच्छा व्यक्त गरेको भन्ने सुन्यौँ। मलाई त्यो के कुरा थियो भन्ने चाहिँ थाहा छैन,’ सेले भने। बीबीसीबाट

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ०० बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति