विमानमा ग्यास मास्क लगाएका व्यक्ति देखेपछि यात्रु बने आतंकित | Khabarhub Khabarhub

विमानमा ग्यास मास्क लगाएका व्यक्ति देखेपछि यात्रु बने आतंकित


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा आफ्नो अनुहार छोप्नेगरी लगाएको ग्यास मास्क फुकाल्न नमानेपछि एक यात्रुलाई चढेको विमानबाट ओरालिएको विवरण टेक्ससका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

ड्यालसबाट ह्यूस्टन उड्न लागेको विमानमा बिहीवार चढेका यात्रुहरू उनलाई देखेर डराएका थिए। विमानका कर्मचारीहरूले उनलाई मास्क फुकाल्न गरेको अनुरोध उनले अस्वीकार गरेका थिए। त्यसपछि उनलाई उक्त विमानमा उड्न दिइएन।

त्यो क्रममा उक्त विमान एक घण्टा ढिलो उड्यो। ती व्यक्ति अर्को विमानमा चढेर गन्तव्यतिर उडे। तर त्यसमा चढ्दा उनले मास्क लगाएनन्।

पहिलो विमानका यात्रु जोजिफ सेले ह्यूस्टनले एबीसीसी स्टेशन केटीआरकेलाई भने, ‘मैले एकजना व्यक्ति पूरै मुख छोपिनेगरी ग्यास मास्क लगाएर विमानमा आउँदै गरेको देखेँ। त्यो कस्तोकस्तो अप्ठ्यारो देखिन्थ्यो।’

‘तत्कालै मानिसहरूले विमानमा पछाडिपट्टि कुरा गर्ने थाले। उनको अनुहार देखिँदैनथ्यो। उनको कुनै रूप चिन्न सकिँदैनथ्यो। उनले विमानमा केही कुरा लुकाएर ल्याएका छन् कि र आफ्नो सुरक्षाका लागि मास्क लगाएका हुन् कि भन्ने आशङ्कामा मानिसहरू चिन्तित थिए।’

आफूलाई पहिला ती व्यक्तिले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन मास्क लगाएको होला भन्ने लागेको सेले बताए। ‘त्यसपछि मैले त्यसमा फिल्टर नभएको भेउ पाएँ। अनि त्यसको कुनै अर्थ भए जस्तो लागेन।’

‘उनीसँगै बसेकी एक महिलाबाट हामीले ती व्यक्तिले केही कुरा भन्ने इच्छा व्यक्त गरेको भन्ने सुन्यौँ। मलाई त्यो के कुरा थियो भन्ने चाहिँ थाहा छैन,’ सेले भने। बीबीसीबाट

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ०० बजे

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

म्याग्दी– कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती

गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका