बजेटको सुनिश्चिततापछि भरतपुरमा सभागृहको कामले गति लिदै | Khabarhub Khabarhub

बजेटको सुनिश्चिततापछि भरतपुरमा सभागृहको कामले गति लिदै


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुरमा निर्माण गरिने सभागृहका लागि बजेट सुनिश्चित भएपछि कामले गति लिएको छ ।

अर्थ मन्त्रालयले एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह (सिटिहल) निर्माण प्रकियाले तीव्रता लिएको हो ।

भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिइन ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले सभागृह निर्माणको काम अघि बढाएको हो । एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ ।

यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइ सभागृह निर्माण गर्न स्रोत सुनिश्चितताको पत्र प्रदान गरेको हो ।

दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी बोलपत्र आह्वान गरिँदै छ । सभागृहमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३ सय जना अट्ने दुई वटा, २ सय अट्ने एउटा र एक सय अट्ने तीन वटा हल हुनेछन ।

सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैँचा , २ सय ५७ गाडी र ३ सय १७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ हुने व्यवस्था हुनेछ ।

सभागृहको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भए पनि बजेटको सुनिश्चितताको अभावमा काम रोकिएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट भर्खरै मात्र सरुवा भएका प्रमुख कुमार घिमिरेका अनुसार सभागृह नेपालकै अत्याधुनिक र ठूलो हुनेछ ।

काम सम्पन्न गर्न २ अर्ब रुपैयाँ भन्दा बढी लाग्ने भए पनि मुख्य कामका लागि पहिलो चरणमा अर्थ मन्त्रालयले एक अर्ब ५९ करोड ६७ लाखको सुनिश्चितता पत्र दिएको घिमिरले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : १० बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम