प्रदीपले विराजलाई भने ‘एक्सन स्टार’ « Khabarhub

प्रदीपले विराजलाई भने ‘एक्सन स्टार’


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भर्खरै ‘प्रेम गीत ३’ को छायांकन सकाएर काठमाडौं फर्किएका अभिनेता प्रदीप खड्काले विराज भट्टलाई ‘एक्सन स्टार’ भन्दै उनको फिल्मको प्रचार गरेका छन् ।

प्रदीपले फिल्मको ट्रेलर सामाजिक सञ्जाल फेसबूक पेजमा शेयर गर्दै एक्सन प्याक फिल्म ‘साङ्लो’ लाई समर्थन गरेका छन् भने विरजालाई ‘हाम्रो एक्सन स्टार’ भनेका छन् ।

यो फिल्म माघ २४ गतेबाट सिनेमा घरमा लाग्दैछ । प्रदीपले फिल्मलाई सफलताको शुभकामना समेत दिएका छन् ।

फिल्ममा विराज भट्ट, निकिता चाण्डक, प्रकाश शाह लगायतका कलाकारको शीर्ष भूमिका छ । रिलिजअघि चर्चामा रहेको ‘साङ्लो’को निर्देशन र निर्माण विराजले नै गरेका हुन् ।

फिल्मले सार्वजनिक गरेका गीत र ट्रेलरको राम्रो चर्चा छ । विराजले पनि आफूले एक स्तरीय फिल्म बनाएको दाबी गर्दै आएका छन् ।

माघ २४ मा चर्चामा रहेका २ फिल्म ‘साङ्लो’ र विपिन कार्कीको ‘सेल्फी किङ’ प्रदर्शनमा आउँदैछन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : १३ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।