प्रदीपले विराजलाई भने ‘एक्सन स्टार’ « Khabarhub

प्रदीपले विराजलाई भने ‘एक्सन स्टार’


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भर्खरै ‘प्रेम गीत ३’ को छायांकन सकाएर काठमाडौं फर्किएका अभिनेता प्रदीप खड्काले विराज भट्टलाई ‘एक्सन स्टार’ भन्दै उनको फिल्मको प्रचार गरेका छन् ।

प्रदीपले फिल्मको ट्रेलर सामाजिक सञ्जाल फेसबूक पेजमा शेयर गर्दै एक्सन प्याक फिल्म ‘साङ्लो’ लाई समर्थन गरेका छन् भने विरजालाई ‘हाम्रो एक्सन स्टार’ भनेका छन् ।

यो फिल्म माघ २४ गतेबाट सिनेमा घरमा लाग्दैछ । प्रदीपले फिल्मलाई सफलताको शुभकामना समेत दिएका छन् ।

फिल्ममा विराज भट्ट, निकिता चाण्डक, प्रकाश शाह लगायतका कलाकारको शीर्ष भूमिका छ । रिलिजअघि चर्चामा रहेको ‘साङ्लो’को निर्देशन र निर्माण विराजले नै गरेका हुन् ।

फिल्मले सार्वजनिक गरेका गीत र ट्रेलरको राम्रो चर्चा छ । विराजले पनि आफूले एक स्तरीय फिल्म बनाएको दाबी गर्दै आएका छन् ।

माघ २४ मा चर्चामा रहेका २ फिल्म ‘साङ्लो’ र विपिन कार्कीको ‘सेल्फी किङ’ प्रदर्शनमा आउँदैछन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : १३ बजे

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा