चीनको सिचुआनमा भूकम्प « Khabarhub

चीनको सिचुआनमा भूकम्प


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा भूकम्पको धक्का महशुश गरिएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआन प्रान्तको छेङ्दुमा भूकम्पको धक्का महशुस गरिएको हो ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार छेङ्दुलाई केन्द्रविन्दु बनाए ५.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरु भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको समाचारहरुमा जनाइएको छ । भूकम्पको झट्का महशुस गरिएसँगै मानिसहरु सडकमा निस्किएका भिडियो फुटेजहरु सार्वजनिक भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा १५० जना उद्धारकर्ता र ३४ वाहन पठाइएको छ । अहिलेसम्म कुनै हताहतीको जानकारी नआएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : २० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक