मुद्दा मिलाइदिने भन्दै घुस लिने सीडीओविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

मुद्दा मिलाइदिने भन्दै घुस लिने सीडीओविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ ओटा अभियोग पत्र दायर गरेको छ ।

सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका उपसचिव रिजालविरुद्ध अख्तियारले ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गरी ५ वटा अभियोग पत्र दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनबाट रिजालले प्रमुख जिल्ला अधिकारीको क्षेत्रधिकार भित्र रहेका मुद्दाको छिनोफानो गर्ने क्रममा अभियुक्तहरुसँग घुस लिने गरेको देखिएको छ ।

अख्तियारका अनुसार रिजालले एउटा मुद्दाका अभियुक्तसँग १ लाख ५० हजार रुपैयाँ नदिए ५ वर्षसम्म जेलमा थुनिदिन्छु भन्दै घुस उठाएको पनि देखिएको छ । रिजालले मागेको डेढ लाख रुपैयाँमध्ये उक्त प्रकरणका अभियुक्तले ५० लाख रुपैयाँ घुस बुझाइसकेका थिए ।

यस्तै, रिजालले एकजना अभियुक्तलाई महिलासम्बन्धी मुद्दा लगाएर थुनिदिन्छु भन्दै ४ लाख रुपैयाँ घुस लिएको पृष्टि भएको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले गरेको छानबिनका क्रममा रिजालले विभिन्न अभियुक्तसँग ४ लाख, ५० हजार, ९० हजार, ७७ हजार ६ सय र ३५ हजार रुपैयाँ गरी ६ लाख २१ हजार १ सय रुपैयाँ घुस लिएको देखिएको छ ।

अख्तियारले फरक प्रकरणको मुद्दामा लिइएको घुसको फरक–फरक तथ्यबाट अनुसन्धान गरी सोही अनुसार प्रतिवेदन बनाएर ५ वटा छुट्टछुट्टै अभियोग पत्र विशेष अदालतमा दायर गरेको छ ।

अख्तियारले ५ वटै अभियोग पत्रमा गरी कूल ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गर्दै ४ वर्ष २ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ३ : ३५ बजे

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै