मुद्दा मिलाइदिने भन्दै घुस लिने सीडीओविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

मुद्दा मिलाइदिने भन्दै घुस लिने सीडीओविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ ओटा अभियोग पत्र दायर गरेको छ ।

सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका उपसचिव रिजालविरुद्ध अख्तियारले ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गरी ५ वटा अभियोग पत्र दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनबाट रिजालले प्रमुख जिल्ला अधिकारीको क्षेत्रधिकार भित्र रहेका मुद्दाको छिनोफानो गर्ने क्रममा अभियुक्तहरुसँग घुस लिने गरेको देखिएको छ ।

अख्तियारका अनुसार रिजालले एउटा मुद्दाका अभियुक्तसँग १ लाख ५० हजार रुपैयाँ नदिए ५ वर्षसम्म जेलमा थुनिदिन्छु भन्दै घुस उठाएको पनि देखिएको छ । रिजालले मागेको डेढ लाख रुपैयाँमध्ये उक्त प्रकरणका अभियुक्तले ५० लाख रुपैयाँ घुस बुझाइसकेका थिए ।

यस्तै, रिजालले एकजना अभियुक्तलाई महिलासम्बन्धी मुद्दा लगाएर थुनिदिन्छु भन्दै ४ लाख रुपैयाँ घुस लिएको पृष्टि भएको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले गरेको छानबिनका क्रममा रिजालले विभिन्न अभियुक्तसँग ४ लाख, ५० हजार, ९० हजार, ७७ हजार ६ सय र ३५ हजार रुपैयाँ गरी ६ लाख २१ हजार १ सय रुपैयाँ घुस लिएको देखिएको छ ।

अख्तियारले फरक प्रकरणको मुद्दामा लिइएको घुसको फरक–फरक तथ्यबाट अनुसन्धान गरी सोही अनुसार प्रतिवेदन बनाएर ५ वटा छुट्टछुट्टै अभियोग पत्र विशेष अदालतमा दायर गरेको छ ।

अख्तियारले ५ वटै अभियोग पत्रमा गरी कूल ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गर्दै ४ वर्ष २ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ३ : ३५ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको