सम्झौताको ४ महिना अगाबै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालको राजीनामा | Khabarhub Khabarhub

सम्झौताको ४ महिना अगाबै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालको राजीनामा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । प्रशिक्षक पटवालले सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) लाई पत्र लेख्दै राजीनामा दिएका हुन्।

बुधबारदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक शृङ्खला अगाडि पटवालले राजीनामा दिएका हुन् । गएको जेष्ठमा आईसीसीले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी उनलाई सुम्पिएको थियो ।

नेपाल क्रिकेट संघ निलम्बनमा रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार अमेरिकी डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

आईसिसीले प्रशिक्षक नियुक्त गरेका पटवालले विश्वकप लिग २ को खेल लगत्तै लागूहुने गरि राजीनामा दिएको जनाइएको छ । नेपाल क्रिकेट संघ क्यानका सचिव तथा प्रवक्ता असोकनाथ प्याकुरेलले प्रशिक्षक पटवालको राजीनामा बारे क्यानलाई जानकारी नभएको बताएका छन् ।

उनले भने ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन् । यदि उहाँले राजीनामा नै दिनु भएको रहेछ भने पनि आईसिसीलाई दिनु भएको होला हामीलाई जानकारी छैन्,’ सचिव प्याकुरेलले खबरहबसँग भने ।

गएको जेष्ठमा नेपाली टोलीको प्रशिक्षक बनेका पटवाल १ बर्षका लागि नेपाल आएका थिए । तर, उनको सम्झौताको १ बर्ष पुरा हुन अझै ४ महिना बाँकी छ ।

नेपाली टोलीलाई अस्ट्रेलियामा हुने ट्वान्टी –२० विश्वकपसम्म पुर्याउने लक्ष्यसहित प्रशिक्षकमा नियुक्त भएका उनी आफ्नो लक्ष्यमा भने असफल रहे । नेपाली टोली विश्वकप छनोटको एसिया फाइनलमै नेपाल पराजित भएपछि नेपाली टोलीकाे विश्वकप यात्राबाट बाहिरिएको थियो । यस्तै, केही समय अगाडि नेपाली टोलीको कप्तानबाट एक दशक नेतृत्व गरेका पारस खड्काले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : ५६ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो