प्रशिक्षक पटवालले २ हप्ता अगाडि नै राजीनामा दिने जानकारी गराएका थिए : निवर्तमान कप्तान खड्का « Khabarhub

प्रशिक्षक पटवालले २ हप्ता अगाडि नै राजीनामा दिने जानकारी गराएका थिए : निवर्तमान कप्तान खड्का



काठमाडौं – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेस पटवालले २ हप्ता अगाडि नै राजीनामा दिने जानकारी गराएको निवर्नमान कप्तान पारस खड्काले बताएका छन् ।

नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खलापछि आफू प्रशिक्षकमा नरहने उनले राष्ट्रिय टोलीका खेलाडीलाई जानकारी दिएको खड्काले बताएका हुन् ।

त्रिकोणत्मक शृङ्खलाको अभ्यासमा ढिलो गरी भारतबाट आएका उनले पोखरामा रहँदा नै टोलीका खेलाडीलाई आफूले राजीनामा दिने बताएका थिए ।

सोमबार पटवालले राजीनामा दिएको बताइए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भने आधिकारिक पुष्टि गरेको छैन ।

‘उहाँले त्रिकोणात्मक सिरिज आफ्नो अन्तिम प्रतियोगिता रहेको जानकारी हामीलाई २ हप्ता अगाडि नै टोली पोखरामा हुँदा  जानकारी गराइसक्नु भएको थियो,’ निवर्तमान कप्तान खड्काले खबरहबसँग भने,‘ उहाँको १ बर्षको सम्झौता भए पनि व्यक्तिगत कारणले ४ महिना अगाडि नै छाड्ने तयारी गरेको बताउनु भएको थियो ।’

कप्तान खड्काका अनुसार प्रशिक्षक पटवालले २ हप्ता अगाडि नै आईसिसीलाई पत्र लेखिसकेका थिए ।

सिरिजको मुखैमा राजिनामाको घोषणा गरे पनि यसले सिरिजमा टोलीको प्रदर्शनमा कुनै असर नगर्ने खड्का बताउँछन् ।

‘यसले असर केही पनि गर्दैन । प्रशिक्षकले पूरा गर्नुपर्ने जिम्मेवारी उहाँले पुरा गरी नै राख्नु भएको छ । ‘एन्ड दी इन्ड’ खेलाडीले गएर खेल्नु पर्ने हो । उहाँले सिरिजको एक दिन अगाडि भन्नु भएको भए असर गर्थ्यो सायद ।  २ हप्ता अगाडि नै खेलाडीलाई खबर गरिसक्नु भएको थियो । त्यसकारण असर नपर्ला । ’

नेपाल क्रिकेट संघ निलम्बनमा रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार अमेरिकी डलर तलब दिने गरी गत जेठमा मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

आईसिसीले प्रशिक्षक नियुक्त गरेका पटवालले विश्वकप लिग २ को खेल लगत्तै लागुहुने गरि राजीनामा दिएका हुन् । नेपाल क्रिकेट संघ क्यानका सचिव तथा प्रवक्ता असोकनाथ प्याकुरेलले प्रशिक्षक पटवालको राजीनामा बारे क्यानलाई जानकारी नभएको बताएका छन् ।

उनले भने ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन् । यदि उहाँले राजीनामा नै दिनु भएको रहेछ भने पनि आईसीसीलाई दिनु भएको होला हामीलाई जानकारी छैन्,’ सचिव प्याकुरेलले खबरहबसँग भने ।

यो पनि पढौं

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : ५७ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको