आयल निगमले बढायो ग्यासको मूल्य, पेट्रोल र डिजेलको घट्यो « Khabarhub

आयल निगमले बढायो ग्यासको मूल्य, पेट्रोल र डिजेलको घट्यो


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।

अब पेट्रोलको मूल्य ११०, डिजेल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी ग्यासको मूल्य भने बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पुर्‍याएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : १२ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन