एमसीसीबारे अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठकमा के भयो ? « Khabarhub

एमसीसीबारे अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठकमा के भयो ?


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी परियोजना एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलको पहिलो बैठकले कार्यदलको कार्यदिशाका  विषयमा छलफल गरेको छ ।

सोमबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कार्यदलको कार्यादेशबारे छलफल भएको कार्यदलका संयोजक समेत रहेका नेकपा वरिष्ठ  नेता झलनाथ खनालले जानकारी दिए ।

उनले कार्यदलको कार्यदिशा, एमसीसीको अध्ययन गर्ने क्रममा चाहिने सामग्री लगायतका विषयमा छलफल भएको जानकारी दिए । उनले कार्यदलको अर्को बैठक बुधबार बस्ने र उक्त बैठकमा थप गृहकार्य हुने बताए ।

एमसीसी बारे अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा आाइतबार तीन सदस्यीय कार्यदल गठन भएको थियो।

कार्यदलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य रहेका छन्। कार्यदललाई प्रतिवेदन बुझाउन १० दिनको समय तोकिएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ०३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते