संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्छौंः अध्यक्ष यादव « Khabarhub

संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्छौंः अध्यक्ष यादव


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने बताएका छन् ।

उदयपुरको गाईघाटमा प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान शुरु गर्ने बताएका हुन् ।

विगतमा हाल सरकारमा रहेको नेकपा र प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले मधेशी, आदिवासी जनजाति तथा महिलाको अधिकारको लागि पूर्ण समावेशी तथा समानुपातिक अधिकारको व्यवस्थापन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म सो कुरा पूरा हुन नसकेको कारण आफ्नो पार्टी शान्तिपूर्ण सङ्घर्षमा जानु परेको स्पष्ट पारे ।

आइतबार शुरु भएको प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अर्का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान निर्वाचन प्रणाली ठीक नभएको कारण देशमा व्यापक भ्रष्टाचार बढेको धारणा राखेका थिए । उनले अबको दुई वर्षभित्र समाजवादी पार्टीलाई देशको ठूला राजनीतिक दलको क्षमता र सङ्ख्याको हैसियतमा पु¥याउने प्रतिबद्धताका साथ अहिले पार्टी प्रशिक्षण तथा विस्तार अभियान शुरु गरिएको बताए ।

प्रशिक्षण कार्यक्रममा अर्का वरिष्ठ नेता अशोक राईले देशमा भ्रष्टाचार व्यापक बढ्दै गएको कारण यसको सुधार गर्नको लागि अब निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र खर्चिलो प्रत्यक्ष निर्वाचन प्रणाली हटाउनुपर्ने धारणा राखेका थिए ।

दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को १४ जिल्लाको झण्डै २५० कार्यकर्ताको सहभागिता रहेको सो पार्टीले जनाएको छ । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रकम चेमजोङ, हेमराज राईले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको समापन अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : ३० बजे

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा