सेवाबाट अवकाश भए गृहसचिव राई, मन्त्रालयद्वारा बिदाइ « Khabarhub

सेवाबाट अवकाश भए गृहसचिव राई, मन्त्रालयद्वारा बिदाइ


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई आज बिदाइ गरिएको छ ।

गृह मन्त्रालयमा एक समारोहमा उनलाई बिदाइ गरिएको हो । बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

सरल, सहज र कर्तव्यनिष्ट राईको राज्यप्रतिको समर्पण भाव प्रेरणादायी रहेको मन्त्री थापाले बताउनुभयो । हरेक सरकारी कर्मचारीले गलत प्रवृत्तिविरुद्ध लड्न र कानून कार्यान्वयनमा डराउन नहुनेमा जोड दिँदै मन्त्री थापाले राईमा त्यस्तै खालको प्रवृत्ति रहेको बताए ।

अवकाशप्राप्त सचिव राईले राष्ट्रसेवक भएर आफ्नो कार्यकालमा इमान्दारीपूर्वक जनताको काम गरेको उनले जिकिर गरे ।

उनले गृहमन्त्री थापासँग काम गर्दा सहज भएको उल्लेख गर्दै सोही कारण मन्त्रालयले सफलता प्राप्त गरेकोसमेत बताए ।

यही माघ २२ गते अनिवार्य अवकाश पाउने भए पनि उनले दिएको राजीनामा आजदेखि लागू हुनेगरी यसअघि नै स्वीकृत भएको थियो । विसं २०४० मा सेवा प्रवेश गरी २०७१ सालमा सचिवमा बढुवा भएका राईले २०७४ साल चैत २६ गतेदेखि गृहसचिव भएर काम गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : ३९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै