प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा सहिदपुत्र नै भएको युवा संगठनको दाबी (विज्ञप्ति सहित) « Khabarhub

प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा सहिदपुत्र नै भएको युवा संगठनको दाबी (विज्ञप्ति सहित)


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल भेरी–कर्णाली ब्युरोले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने पदम तिरुवाका पिता मुन तिरुवा सहिद भएको दाबी गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले तिरुवाका बुवा कुनै सहिद नभएको भनी जारी गरेको विज्ञप्तिको खण्डन गर्दै नेकपाले उक्त तथ्य बङ्ग्याउने काम गरेको समेत युवा संगठनले आरोप लगाएको छ ।

ब्युरो इन्चार्ज दीपले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय सभागृहमा नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि सहिदपुत्र रतन तिरुवाबाट भएको जुत्ता प्रहारपछि उक्त पार्टीको जुम्ला जिल्ला समितिले सहिदहरूको अपमान हुने गरी निज रतन तिरुवाका बुबा सहिद होइनन् भन्ने खालको नैतिकहीन र हलुका वक्तव्य बाहिर ल्यायो ।’

२०५७ सालमा तत्कालीन राज्यद्वारा पार्टी कामको सिलसिलामा हिँडिरहेका बेलामा मन तिरुवालाई बेपत्ता पारेर मारिएको दाबी गर्दै उनलाई सहिद होइन भनेर भन्नु जनयुद्धप्रतिको अपमान भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिको पूर्णपाठ…

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : २९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित