कोरोनाको जोखिमलाई होलीमा विशेष ध्यान दिन चिकित्सकको सुझाव « Khabarhub

कोरोनाको जोखिमलाई होलीमा विशेष ध्यान दिन चिकित्सकको सुझाव


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले होली पर्वमा स्वस्थ्यप्रति विशेष ध्यान दिन सुझाव दिएका छन् ।

कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफैँ सचेत हुनुपर्ने चिकित्सकले सुझाव दिएका हुन् ।

होलीमा भीडभाड हुने, पानीमा भिज्दा रुघा खोकीको सम्भावना बढ्ने हुँदा होलमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका हुन् ।

होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोला बताए ।

अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ ।

सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सुझाव दिएका छन् ।

यस वर्षको होली फागुन २६ गते परेको छ । तराइका जिल्लामा भने होलीको रौनक शुरु भइसकेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ७ : २३ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा