कोरोनाको जोखिमलाई होलीमा विशेष ध्यान दिन चिकित्सकको सुझाव « Khabarhub

कोरोनाको जोखिमलाई होलीमा विशेष ध्यान दिन चिकित्सकको सुझाव


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले होली पर्वमा स्वस्थ्यप्रति विशेष ध्यान दिन सुझाव दिएका छन् ।

कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफैँ सचेत हुनुपर्ने चिकित्सकले सुझाव दिएका हुन् ।

होलीमा भीडभाड हुने, पानीमा भिज्दा रुघा खोकीको सम्भावना बढ्ने हुँदा होलमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका हुन् ।

होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोला बताए ।

अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ ।

सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सुझाव दिएका छन् ।

यस वर्षको होली फागुन २६ गते परेको छ । तराइका जिल्लामा भने होलीको रौनक शुरु भइसकेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ७ : २३ बजे

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव