मोटोपन बढ्ने कारण र घट्ने ११ तरिका « Khabarhub

मोटोपन बढ्ने कारण र घट्ने ११ तरिका


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले अधिकाशं मानिसका लागी मोटोपन टाउको दुखाईको विषय बनेको छ ।

अव्यवस्थित खानपान, विलासी जीवन नै मोटोपनको कारण बन्दै गएको छ । यसरी मोटोपन बढ्नु शरीरमा अतिरिक्त बोसो भण्डार भई रक्तनली साँघुरो हुदै जाने हुन्छ ।

यसरी हुने मोटोपनको सबैभन्दा ठूलो बेफाइदा भनेकै यसबाट हुनसक्ने संभावित रोगको भय हो ।

किन बढ्छ मोटोपन ?

मोटोपन बढ्नुको प्रमुख कारण गलत जीवनशैली र खानपान नै हो । तथापी कतिपय अवस्थामा वंशानुगत कारणले पनि मोटोपन बढ्ने गर्दछ ।

केहीमा थाइराइड लगायतका रोगले पनि मोटोपन बढ्दछ भने कतिपयमा औषधीको सेवनले पनि मोटोपन बढ्दछ ।

कसरी घटाउने मोटोपन ?

१. केहि मानिस मोटोपना कम गर्न खाना कम गर्दछन् तर कम खादैमा मोटोपन कम हुदैन । बरु स्वस्थ्य एवं पोषणयुक्त खानाको सेवनबाट मोटोपन घट्न सक्छ ।

२. मोटोपन घटाउने अर्को उपाय भनेको कार्बोहाइड्रेडयुक्त खानाभन्दा फलफूल, सागसब्जी खानु हो । यस्ता खानेकुराले शरीरमा आवश्यक पोषण भर्नुको साथै मोटोपन कम गर्छ ।

३. सकेसम्म बजारमा पाइने जंकफूड, प्रशोधित खानेकुरा, चिल्लोयुक्त भोजन कम गर्नुपर्छ ।

४. दिनमा एक वा दुइ पटक भोजन गर्दैमा मोटोपन घट्दैन । बरु दिनभरमा ४/५ पटक गरेर थोरै थोरै भोजन गर्नु उत्तम हुन्छ । एकै पटक धेरै खादाँ मोटोपन बढ्छ ।

५. मोटोपना बढाउने कारक भनेको तारेको, भुटेको, मसलेदार खानेकुराहरु हुन् । त्यसैले यस्ता खानेकुराको सट्टामा उसिनेको खानेकुरा सेवन गर्नुपर्दछ ।

६. उसिनेको सागसब्जी, यसको रस, फलफूल वा सलाद लगायतका खानेकुरा खाएमा मोटोपन कम हुदैं जान्छ ।

७. दैनिक जीवनमा हामीले अनिवार्य शारीरिक परिश्रमयुक्त काम वा ब्यायाम गर्नुपर्दछ ।

८. बिहान चाडै उठ्ने, बेलुकी चाडै सुत्ने, राति अबेरसम्म नबस्दा पनि मोटोपन कम हुन्छ ।

९. एकै स्थानमा लामो समय नबस्ने छिनछिनमा शारीरिक क्रिया गर्दा पनि मोटोपन कम हुन्छ ।

१०. मदिरापान तथा मदिरापानका क्रममा गरिने स्न्याक्सको सेवनले पनि मोटोपन बढ्दछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १२ : २१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार