क्यान्सर अस्पताल निर्माणमा जोडिइन् श्वेता खड्का « Khabarhub

क्यान्सर अस्पताल निर्माणमा जोडिइन् श्वेता खड्का


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्ममा भन्दा व्यवसाय र समाजसेवामा रमाएकी नायिका श्वेता खड्काले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा क्यान्सर अस्पताल निर्माण गर्ने भएकी छिन् ।

खड्काले सोमवार ललितपुरको गोदावरी नगरपालिकास्थित छप्पीमा निर्माणाधीन नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास गरिन् ।

अस्पतालको शिल्यानासपछि बोल्दै श्वेताले आफूलाई खुशी लागेको बताइन् । उनले क्यान्सरकै कारण पति श्रीकृष्ण श्रेष्ठ र भिनाजु गुमाउनुपरेको पनि सम्झिन् ।

दुई वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको यो अस्पताल श्वेता र क्यान्सर रोग विशेषज्ञको टोलीले संयुक्त रुपमा अस्पतालको शिल्यानास गरेका थिए ।

अस्पताल १ सय शैयाको बन्नेछ । निर्माणपछि अस्पतालमा कम शूल्कमा बिरामीको उपचार गरिने श्वेताले बताएकी छिन् । उनले क्यान्सरसँग लडेका गरीब बिरामीको उपचारमा सहयोग पुर्‍याउन क्यान्सर अस्पतालको निर्माण थालेको बताइन् ।

उनले भनिन् – मैले एकदमै नजिकबाट क्यान्सर पीडितहरूको छटपटी र पीडा नियालेकी छु, यो रोगबाट आत्मीय व्यक्तिलाई गुमाउनुपरेको पीडा मलाई थाहा छ ।

उनले ५ वर्षदेखि क्यान्सर अस्पताल बनाउन चाहेको पनि बताइन् । साथै श्वेताले अस्पताल निर्माणका लागि सबैलाई सहयोग गर्न आह्वान समेत गरेकी छिन् ।

क्यान्सर निको हुने रोग भएको र क्यान्सरबाट पीडित बनेकी मनीषा कोइरालाको उदाहरण दिँदै भनिन् – क्यान्सर भन्नेबित्तिकै हामी डराउँछौं । हामीलाई सबैभन्दा ठूलो उदाहरण मनीषा दिदी हुनुहुन्छ । उहाँ पनि  अस्पतालसँग जोडिनुभएको छ ।

यो अस्पताल नेशनल सेन्टर हस्पिटलले निर्माण गर्न लागेको हो । हस्पिटलमा अभिनेत्री स्वेता खड्का पनि शेयर होल्डरका रुपमा रहेकी छिन् । अस्पताल निर्माणका लागि गोदावरी नगरपालिकाले २९ रोपनी जग्गा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १२ : ४१ बजे

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण